१२ श्रावण २०८१, शनिबार

गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त


डा. रवि मल्ल

काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले उनलाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् ।

गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा. अधिकारीके कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेपछि डा. मल्ललाई जिम्मेवारी दिइएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले डा. अधिकारीको कार्यकाल सकिएलगत्तै नयाँ निर्देशकको फाइल उठाउन लगाएका थिए । हालसम्म कार्यकारी निर्देशकका लागि डा. मल्लसहित डा. अरुण मास्के र डा. रामेश कोइरालाको नाम मन्त्रालयको छलफलमा आइपुगेको थियो ।

उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको बतइएको छ । केही समय निमित्तबाटै काम चलाउने र तत्काल मन्त्रिपरिषद्मा नाम सिफारिस नगर्ने मन्त्री बस्नेतको योजना रहेको मन्त्रीको सचिवालयका एक कर्मचारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !