७ पुस २०८१, आइतबार

स्वास्थ्यको लागि मेथीको पाउडर खानुका फाइदाहरु


मेथीको पाउडर

मेथीको बारेमा लेख लेख्दा मेथीमा के के तत्व पाइन्छ, कुन कुन भिटामिन पाइन्छ यो जान्न जरूरी छ। मेथीमा पाइने भिटामिनहरु आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ । स्वास्थ्यका दृष्टिकोणले यस्ता भिटामिन हाम्रो लागि महत्वपूर्ण छन् ।

मेथीको फाइदाबारे कतिपयलाई थाहाँ नहुन सक्छ । आजको लेखमा हामीले यसका के के फाइदा हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछु । मेथीको दानामा आवश्यक मात्रामा पोटासियम पाइने हुनाले शरिरमा सोडियमको मात्रा नियन्त्रण गराउँन र रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्दछ ।

अर्को रोचक जानकारी मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ । हाम्रो वरिपरि यस्ता बहुमुल्य औषधी छन् तर हामी यस्ता औषधि बनायर सेवन गर्न बन्चित छौं ।

सुगरको महगो औषधि सेवन गर्न बाध्य हुँदैछौं । अर्को रोचक जानकारी मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टिअक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन समेत मद्दत गर्दछ ।

यसबाट हामीले थुप्रै रोगहरूमा प्रयोग गरेर लाभ उठाउन सक्छौ । मेथीको सेवनबाट प्रत्यक्ष फाइदा हुने हुनाले प्रयोग गरौं भन्ने हाम्रो राय रहेको छ ।

मेथीको सेवनले रगतमा हुने सुगर लेवल सहि राख्न मद्दत गरेको हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउन मद्दत गर्दछ। यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई मेथी सेवन राम्रो मानिन्छ ।

मेथीको सेवनले मृगौलालाई समेत फाइदा पुराउँदछ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेहरूलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्ने हुन्छ ।

यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइने हुनाले सुगरको रोगमा समेत यस्को प्रयोग आवश्यक छ ।

औषधि बनाउने तरिका

१. मेथी, ज्वानो र कालो जीराको दाना ल्याउनुस् र सवैलाई पखालेर सुकाउनुस् । सुुकि सकेपछि तावामा नडड्ने गरी भुटेर पाउडर बनाउनुस् कपडछान गरेर सिसिमा राख्नुस् ।

मात्रा : एक चम्चा एक गिलास पानीमा राखेर राती सेवन गराउनुस् ।

नोट : ज्वानो र कालाजीराको बारेमा अर्को अंकमा प्रकास पार्नेछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !