२२ बैशाख २०८१, शनिबार

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ नवलपुरको वैठक सम्पन्न


नेपाल आयुर्वेद औषधि व्यवसायी संघ नवलपुर

नवलपुर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघको जिल्ला कार्यसमिति नवलपुरको वैठक आज सम्पन्न भएको छ । आजको बैठकमा सहयोगको प्रतिबद्धताबारे बक्ताहरुको माग जोडदार ढङ्गले उठेको थियो ।

यस नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समितिका अध्यक्ष गणेश आचार्यलाई मुखको क्यान्सर भएकाले हाल मुम्बईस्थित टाटा मेमोरियल हस्पिटलमा उपचार गराई रहेको जानकारी प्राप्त भएको छ । उनको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

आजको यस बैठकले सबै कार्यसमितिका पदाधिकारीबाट जनही पाँच हजारका दरले जम्मा पैतीस हजार रुपैयाँ सहयोग रूपया अध्यक्षकी श्रीमतीलाई कोषाध्यक्ष पार्वती कंडेलको हातबाट रकम हस्तान्तरण गरिएको थियो ।

उपचार गर्न सवैभन्दा पहिले पैसाको खाँचो हुने भएकोले राजनीति गर्नेलाई केही छैन । उसले राज्यको ढुकुटी खर्च गर्न पाउने व्यवस्था छ तर नागरिक विरामी हुँदा सहयोग गर्ने मानिसको संख्या कम देखिएको छ ।

यदि कसैले सहयोग गर्न चाहेमा तलको बैंक खाता नम्वरमा जम्मा गराइदिन पनि कार्य समितिले आग्रह गरेको छ ।

रेजिना ढकाल
कामना सेवा विकास बैंक लिमिटेड
खाता नम्वर : ०२९११२००१५६८५६०००००१


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !