१४ बैशाख २०८१, शुक्रबार

अँडिरको तेल र मानव स्वास्थ्यमा यसको प्रयोग


अँडिर

सामान्य भाषामा यसलाई हामीले अँडिर भन्दछौं भने यसको वैज्ञानिक नाम रिसिनस कम्युनिस (Ricinus Communis) हो । आयुर्वेदमा यस्तो जडिबुटी हो जसलाई खाएर मात्र होइन छोएर समेत रोग निको हुन सक्ने कुरा उल्लेख भएको पाइन्छ ।

अँडिरको बारेमा आजको लेखमा हामीले प्रस्तुत गर्न गइरहेका छौं । अँडिर एउटा यस्तो जडिबुटी हो जसलाई हामीले पेटमा बाँधेर समेत महिलाहरूको महिनावारी हुँदा दुख्ने तल्लो पेटलाइ समेत चमत्कारीक फाइदा दिने रहेछ ।

आयुर्बेदिक कम्पनीले यसको कास्टर आयल तेल बनाएर बजारमा ल्याएको छ । यो तेल गन्ध रहित हुन्छ । यो तेलको प्रयोले अनेक रोग निको बनाउन सफल छ । हाम्रो गाउँघरमा पहिले बारीमा उम्रने एक प्रकारको सानो रूख जसलाई हामी अँडिर भन्दछौं । आजकाल यो पनि लोप हुदै छ । यस्ता अनेकौं जडिबुटी लोप हुदैछन् यसतर्फ सवैको ध्यान जान आवश्यक छ । यसको पात र फल जरा सवै काममा आउँछ । आगामी अंकमा दिँदै जाने छौं ।

फलको भित्रको दाना निकाले र मासिक धर्म भएको पाचौं दिनमा १ दाना खाएमा एक महिना गर्भ रहदैन भनेको छ तर हामीले प्रयोग गरेर हेरेका छैनौं यसमा अनुसन्धान हुन आवश्यक छ । यसको पातलाई हल्का सहदो मनतातो बनायर तल्लो पेटमा राखेर पटुका बाध्नु चमत्कार देखाउछ । महिनावारी हुँदा तल्लो पेट दुख्ने दिदीबहिनीले अवस्य प्रयोग गरेर लाभ उठाउन म आग्रह गर्दछु । यसको अन्य प्रयोगबारे यहाँ प्रकाश पार्ने जमर्को गर्दैछु ।

यो औषधिको नाम हिन्दिमा अरंडी र अंग्रेजीमा कास्टर आयल नामले बोलाउने गरेको पाइन्छ । नेपालीमा यसको नाम अँडिर हो । यो औषधि बहुउपयोगी छ लोप हुनबाट बचाउ भन्ने मेरो आग्रह छ ।

छाला सम्बन्धित रोगमा

अँडिरको जरालाई २० ग्राम जति कुट्नुहोस ४०० मिली जति पानीमा पकाउनुहोस् र १००मिली बाँकी रहेपछि पिउन दिने यो ठूलो मान्छेको डोज हो । यसको प्रयोगले छाला सम्बन्धित रोग निको हुन्छ ।

१. कपाल उमार्न

अँडिरको तेल बच्चा होस् वा बुढो सवैलाई टाउकोमा मालिस गर्नाले कपाल उम्रन थाल्दछ ।

२. पेट सफा गर्न

अँडिरको तेल पेट सफा राख्न उपयोगी छ । दुधसंग दिनाले पेट सफा राख्न राम्रो काम गर्दछ ।

३. पेटका जुका चुर्ना मार्न

साना ठूला बच्चाहरुको पेटमा जुका परेकोमा अँडिरको तेल खान दिनुको साथै यसको पात थिचेर चाकमा रस लगाउनाले चुर्ना जुका मार्दछ ।

४. पाइल्सको रोग पार्न

अँडिरको तेल सेवन गर्नाले पाइल्सको रोगमा समेत राम्रो फाइदा गर्दछ ।

५. केश उमार्न

अँडिरको तेल टाउकोमा लगाएर मसाज गर्नाले हेयर फल रोकेर नयाँ बाल आउने थाल्ने छ । एलोपेसिया गन्जापन भएकाहरूले यो तेल लगाउनु भन्ने हाम्रो आग्रह छ ।

नोट : यहाँ बाध्य छालामा प्रयोग गर्दा १० देखि १५ मिनेट राखेर मात्र सफा गर्ने खानका लागि वैध, कविराज र आयुर्वेद डाक्टरको परामर्श लिएर मात्र गर्नु ठिक हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !