७ बैशाख २०८१, शुक्रबार

भिटामिन ई को कमीले शरीरमा के हुनसक्छ ? ख्याल गर्नुस् यस्ता कुरामा


भिटामिन ई

जब-जब हाम्रो शरीरमा यो भिटामिनको कमी हुन थाल्छ तब-तब हाम्रो शरीरमा शुक्रकिटको कमी, नपुंसकता, बाँझोपन, बाथ (जोर्नी दुख्ने ) समस्या, सुगर (मधुमेह), लिभरको समस्या, हृदय रोग आदि समस्या हाम्रो शरीरमा देखिदै जाने हुन्छ । उपचार गर्दा सबैभन्दा पहिले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भनेको यो हो ।

अब कतिपय साथीहरूले सोध्न सक्नुहुन्छ यस्ता रोगको कमी असर हटाउन चाहिने भिटामिनको स्रोत के के हुन ? यसै कुरालाई ध्यानमा राखेर मैंले भिटामिन ई पाइने स्रोत यहाँ दिन गइरहेको छु । यस्ता भिटामिन हाम्रो स्वास्थ्य ठिक गर्न नभई नहुने देखिएको छ । तल हामीले कुन-कुन खाद्य पदार्थमा यस्ता भिटामिन पाइन्छ भन्ने कुरा प्रकाश पार्न गइरहेका छौं ।

भिटामिन ई पाइने स्रोतहरूमा गहुँ, हरियो सागपात, चना, जौं, छोडा, दूध, नौनी, घिउ, सखरकन्द आदिमा हामीले भिटामिन ई प्रशस्त प्राप्त गर्न सक्ने छौं । भिटामिन ई बोसोमा घुलनशील हुन्छ । भिटामिन ई का महत्वपूर्ण कुरा हामीले बुझ्न जरुरी छ । भिटामिन ई अंकुरित अन्न र साग शब्जीमा प्रशस्त पाइन्छ । अर्को महत्वपूर्ण कुरा जब-जब हाम्रो शरीरमा भिटामिन ई को कमी हुन थाल्छ तब-तब हाम्रो शरीरमा बाहिरी रोगको संक्रमण छिटो छिटो हुन थाल्दछ ।

अर्को महत्वपूर्ण कुरा यो पनि बुझ्न जरुरी छ कि भिटामिन ई को कमी हुदै गर्दा यसको प्रभावले शरीरमा भिटामिन ए को पनि कमी हुन थाल्छ । यसरी हरेक भिटामिन क्रमसँगै कम हुनाले भित्रदेखि नै हाम्रो शरीरमा विविध रोग लाग्ने सम्भावना बढ्दै जान थाल्दछ । आज हामी सामान्य रोगको उपचार गर्न हस्पिटल पुग्छौं तर वास्तविक रोग पत्ता लाग्न सकिरहेको हुदैंन । उपचार भएपनि रोग निको नहुँदा पैसा मात्र खर्च भइरहेको हुन्छ ।

आजकाल महिला र पुरुष बाझोपन दिन-प्रतिदिन बढ्दै गएको छ । यसको ठोस् कारण भनेकै हाम्रो शरीरलाई चाहिने आवश्यक भिटामिनको कमीलाई लिन सकिन्छ । यदि हामीले त्यस्ता भिटामिनको आवश्यकतालाई पूर्ति गर्दै उपचार गर्छौं भने समस्या चाँडो हल हुन सक्छ । असमयमा हुने गर्भपतनको मुल कारण पनि भिटामिन ई नै प्रमुख हो । यस्ता विषयमा चनाखो भएर उपचार गर्न सक्छौं भने सानो खर्चमा ठूलो समस्या समाधान गर्न सक्ने छौं ।

सवैभन्दा बढि महिलामा यसको आवश्यकता भएको हुन्छ । पटकपटक गर्भपतन हुने समस्या पनि यसै भिटामिनको कमीले हुने गरेको हुन्छ । हामीले विगत ४० वर्षको दौडानमा ५००० हजार भन्दा बढी बाझोपनको केस हल गरेका छौं । गाउँमा उपचार गर्न शहरबाट आएको देखेर एकजना डाक्टर साहबले हामी हात मलेर बस्ने हजुरले हाम्रा बिरामी तान्ने भनेर एकपटक मलाई भन्नुभयो मैले उहाँलाई भनेको थिए बिरामीलाई के सहर के गाउँ एकै हो तर उपचार जहाँ ठिक हुन्छ त्यहाँ पुग्छन् भनेको थिए ।

आजकाल शरीरमा भिटामिन ईको कमी महिलालाई बढी भएको एक अध्ययनले देखाएको छ । महिलाहरूको शरीरमा जब-जब यो भिटामिनको कमी हुन थाल्छ तब-तब यौन चाहना राख्दैनन् त्यस्तो अवस्थामा घरमा झैझगडा जस्ता समस्या आइलाग्ने हुन्छ । यौन क्षमता बढाउन त्यस्ता महिलालाई भिटामिन ई खान दिनुहोस् । यसले उनीहरूको शरीरमा भिटामिन ईको कमी पुरा हुनाले थुप्रै रोग लाग्नबाट समेत बचाउन थाल्ने छ ।

अन्तमा भिटामिन ई को कमिकै कारण युवतीहरूको छाती विकसित नहुने जस्ता समस्या हरेक घरमा देखिने गरेको हुन्छ । शरीर स्वस्थ रहन हाम्रो शरीरमा भिटामिन आवश्यक हुन सक्छ । हाम्रो शरीरलाई चाहिने आवश्यक भिटामिन के-के हुन र कुन भिटामिन कुन समयमा खाँदा हाम्रो स्वास्थ्य ठिक हुन सक्छ भन्ने कुरा हरेकलाई जानकारी हुन सके छोटो समयमा ठुला-ठुला रोग निको बनाउन उसले सघाउने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !