१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् योगबारे जान्नुपर्ने महत्वपूर्ण कुराहरु


योग

योग कति भन्ने हरेकमा यो कौतुहल जागेको मैंले पाए । अर्को महत्वपूर्ण कुरा योग गर्दा कति गर्ने र सकि नसकि हडयोग गर्दा हुन सक्ने वेफाइदाबारे पनि जानकारी दिन सके यसले योग गर्नेहरूलाई समेत फाइदा हुने कुरामा दुईमत नहुन सक्छ ।

मेरो निजी अनुभव मेरो दाहिने खुट्टा कमजोर हुनाले म प्राय: योग उठेरै योग गर्ने गर्दछु । यदि मैले वसेर योग गरेमा उठ्न नसक्ने अवस्थामा पुग्ने गरेको हुन्छु । हरेक व्यक्तिले योग गर्दा हडयोग नगर्नुहोस् यसले झन् असहज परिस्थितिको सिर्जना पैदा गराउन सक्छ ।

योग त्यति गर्नुहोस् जति तपाईंको शरीरले ग्रहन गर्न सक्छ । योग गर्नुपर्छ । हरेक जीवजन्तुले योग गर्छ । योगको माध्यमबाट स्वास्थ्य लाभ हामी लिन सक्ने छौं । हरेक योगाभ्यास गर्नेहरुले योग गर्दा के कस्तो प्रकारको योग गर्दा आफुलाई फाइदा बेफाइदा गर्छ भन्ने कुरा जान्न नितान्त आवश्यक छ ।

मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानसिक समस्याहरु बढ्दै गएको नकार्न सकिंदैन । शारीरिक होस या मानसिक या आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योग शारीरिक, मानसिक एवं सामाजिक रोगको निवारणमात्र होइन स्वस्थ रहनको लागि पनि महत्वपूर्ण एउटा मर्यादित जीवन पद्धति पनि हो ।

स्वस्थ शरीर प्राप्तिका लागि योगाभ्यास, सुन्दर अनुहारको लागि योगाभ्यास, दीर्घरोगबाट आफुलाई बचाउन पनि योगाभ्यासले राम्रो फाइदा गर्ने गर्छ । योगका फाइदाहरू असंख्य छन्, यसको बखान गरेर साध्य छैन । रोग प्रतिरोधात्मक क्षमतालाई समेत योगाभ्यासले बढाउने काम गर्दछ । बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउन योगले ठूलो मद्दत गरेको हुन्छ ।

योगले मानसिक तनाव कम गर्न समेत मद्दत गर्दछ । भोक जगाउँछ र पाचन प्रक्रियालाई समेत बढाउन योगले ठूलो मद्दत गरेको हुन्छ । यसरी हामीले योगबाट फाइदा उठाउन सक्ने छौं । यति कुरा हामीले योगाभ्यास गर्दा हुने फाइदाबारे जानकारी प्राप्त गरौँ ।

शरीरलाई स्वस्थ राख्न जति आवश्यक खानपानको रहेछ त्यति नै योगको रहेछ भन्ने जानकारी हामीले यो लेखबाट पाएका छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !