१५ असार २०८१, शनिबार

सन्तुलित जीवनका लागि आवश्यक तत्वहरु


Food-for-Healthy-Hair

सुखी जीवन र समृद्ध परिवार हरेक व्यक्तिहरुको चाहना हुन्छ । कोही-कोही मान्छे आर्थिक रुपमा सबल भएपनि जीवनमा खुशी नभएको पाइन्छ । जीवनमा खुशी रहन धेरै कुराहरुको सन्तुलन हुन आवश्यक पर्दछ । त्यसैले यी आवश्यक तत्वहरुको चर्चा निम्न अनुसार गर्न सकिन्छ ।

१. पारिवारिक अवस्था– सन्तुलित जीवनका लागि पारिवारिक अवस्था अत्यन्तै राम्रो हुन आवस्यक छ । परिवारका हरेक सदस्यले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्दछ । सबैजना अनुशासनमा रहनु अपरिहार्य नै हुन्छ । झगडा र बादविवादले सन्तुलनमा नकारात्मक असर गर्दछ ।

२. आर्थिक अवस्था – अर्को आवश्यक तत्वको रुपमा परिवारको आर्थिक अवस्थालाई लिन सकिन्छ । आर्थिक अवस्था मजबुद भएमा हरेकको इच्छाहरु पुरा गर्न सजिलो हुन्छ । यसले परिवारमा खुसी थप्ने काम गर्दछ र सन्तुलित रहन मद्दत  मिल्दछ ।

३. शारीरिक अवस्था – आर्थिक र पारिवारिक अवस्था राम्रो भएपनि शारीरिक अवस्था कमजोर भएमा सफल जीवनको सन्तुलन बिग्रन सक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । हरेक दिन शारीरिक ब्यायम तथा योग प्रणायम गर्नु पर्दछ ।

४. मानसिक अवस्था – सन्तुलित जीवनको अर्को पक्ष मानसिक अवस्था सवल हुनु पनि हो । हरेक काम आफन्त र व्यक्तिहरुलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ । जस्तो सुकै अवस्थामा पनि स्थिर रहनु पर्दछ । मानसिक अवस्था प्रवल राख्ने किसिमका गतिबिधिमा संलग्न हुनुपर्दछ ।

५. सामाजिक अवस्था – एउटा स्वास्थ्य व्यक्ति परिवारमा राम्रो मानिय पनि यदि उसलाई समाजले हेर्ने दृष्टिकोण खराब छ, भने ऊ सन्तुलित हुन नै सक्दैन उसलाई कतै न कतै असन्तुष्टि भएकै हुन्छ । सन्तुलित जीवनका लागि समाजलाई योगदान गर्दै जीवनयापन गर्नुपर्दछ ।

६. आध्यात्मिक अवस्था – आत्मा खराव भएको व्यक्ति हरेक कुराले नकारात्मक हुन्छ । देखावटीले क्षनिक सुख मिलेपनि अन्तत ऊ दुखी भएरै छोड्छ । त्यसैले सन्तुलित जीवनका लागि उसको आध्यात्मिक अवस्था पनि राम्रो र प्रवल हुनुपर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !