१३ बैशाख २०८१, बिहिबार

चुम्बक र मानव स्वास्थ्यको सम्वन्ध


चुम्बक र मानव स्वास्थ्यको सम्वन्ध

चुम्बकीय आकर्षक शक्ति हरेक बस्तुमा हुन सक्छ । हामीले आँखाले हेरेर कानले सुनेर र स्पर्शद्वारा हामीलाई कुन बस्तु हामीसंग टच भएको जानकारी हामीले पाउने गरेका हुन्छौं ।

एक अर्कामा आकर्षकको अनुभूति यही चुम्बकको माध्यमबाट प्राप्त गर्न सक्छौं । राम्रो बस्तु होस् या नराम्रो बस्तु किन नहोस् यसै चुम्बकको माध्यमबाट छुटाउने गरेका हुन्छौं ।

माया प्रेममा चुम्बकको ठूलो हात भएको हुन सक्छ । त्यसैले कहिलेकाही हामीलाई कुनै मान्छे देख्दा रिस उठेर आएको हुन्छ भने अन्जान मान्छेसंग बोलौं बोलौं जस्तो भएको हुन‌सक्छ यो सवै चुम्बकीय प्रभावले हुने गर्छ ।

आजकाल हाम्रो समाजमा बोक्सीलाई भन्ने जस्ता कुरा आयदिन सुन्न सक्छौं यो सवै चुम्बकको प्रभाव हो भन्दा खासै फरक छैन । बोक्सी हुन्थे भने आफ्नो परिवारको कुलतलाई समेत हटाउने थिए ।

आजकाल चुम्बकबाट मानिसको उपचार हुन थालेको छ । यस्ता अनेकौं रोगहरू छन् जसको उपचार चुम्बकबाट हुने गरेको हामीले पाउन सक्छौं । यस अंकमा लेख लामो हुने हुनाले अर्को लेखमा उपचार कसरी गर्नेबारे प्रकाश पार्नेछौं ।

यो धर्ती सवै चुम्बकीय शक्तिमा आधारित छ । आउनुहोस् आज चुम्बकको महत्व हामीले बुझिसकेका छौं अब चुम्बकको साहेताबाट के कस्ता रोग निको बनाउन सकिन्छ भन्ने कुरा बुझ्ने प्रयत्न गरौं ।

चुम्बक २ प्रकारको हुन्छ एउटा दक्षिणी ध्रुव अर्को उत्तरी ध्रुव यस्को प्रभाव हाम्रो दुवैतर्फ हुन्छ । मानिसको शरिरको दायाँ भागमा उत्तरी ध्रुवको र देब्रे भागमा दक्षिणी ध्रुवको प्रभाव पर्ने गर्दछ ।

हामी यदि उत्तर सिरानी गरेर सुत्छौं भने हामीले स्वस्थ्य लाभ लिन सक्ने छौं । तर अहिले वैज्ञानिक कुरामा भन्दा रुढीबादी संस्कारमा हामी रुमलिएको हुनाले यसतर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । आज ज्योतिषले समेत यो कुरा गलत भन्ने गरेको हामी पाउँछौं ।

म विगत २०२२ देखि उत्तर सिरानी गरेर सुत्ने गर्दछु । मलाई कुनै पनि रोग लागेको छैन । दक्षिण होस् या पुर्व सिरानी गरेर सुत्दा एैठन पर्ने अन्य रोगहरू जस्ता समस्या देखिन सक्छ । स्वस्थ शरीर होस् भन्ने चाहना भए उत्तर सिरानी गरेर सुत्दा स्वस्थ हुने विज्ञहरुको राय छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !