१५ असार २०८१, शनिबार

किन हुँदैन कुनै बच्चामा मस्तिष्कको विकास ?


bharat-bhandari
भरत भण्डारी

कतिपय बच्चाहरु जन्मदेखि नै  मस्तिष्क बिहिन हुन्छन् । विशेषगरी टाउकाको माथिल्लो भाग भनौँ मस्तिष्क रहने भाग नै हुँदैन । ब्रेन र ब्रेनबक्स (मस्तिस्क र मस्तिस्क रहने ठाउँ) पुरै खाली हुन्छ । यस्तो अवस्थालाई एनेन्सेफाली (मस्तिष्कको विकाश नहुनु) भनिन्छ । यो यस्तो क्रीटिकल जन्म हो कि जहाँ बच्चाहरु मस्तिष्क र मस्तिष्क रहने भाग बिना नै जन्मन्छन् । यसको प्रमुख कारण हो न्युरल ट्युब त्रुटी वा न्युरल ट्युब डिफेक्ट ।

किन हुन्छ एनेन्सेफाली ?

भ्रुण अवस्थावाट जब बच्चाको विकास हुनथाल्छ अनि न्युरल ट्युब बन्छ र माथिल्लो भाग बन्द हुन्छ तब मात्र स्कल (ब्रेन बस्ने बक्स) को विकास हुन्छ । जब न्युरल ट्युबको माथिल्लो भाग बन्द नभई खुल्ला नै रहन्छ, तब ब्रेन र स्कलको विकास हुन पाउँदैन । यो समस्याको शुरुवात भ्रुण विकासको पहिलो अवस्थावाट नै शुरु हुन्छ । न्युरल ट्युबको मथिल्लो भाग स्कल हो भने तल्लो भाग ब्याक बोन हो । एनन्सेफालीको कारण कुनै बच्चाको मस्तिष्कको अगाडीको भाग नहुने हुन्छ भने कसैको ठुलो मस्तिस्क नहुने हुन्छ ।

के हो त यसको मुख्य कारण ?

एनेन्सेफालीको कारण यहि नै हो भन्ने यकिन छैन तर पनि केही वातावरणीय र केही जीनको खराबीको कारण बताइएको छ ।
यो हरेक केशहरुमा फरक हुन सक्दछ ।
१. कसैको जीन क्रोमोजोममा परिबर्तन भएर हुन सक्दछ ।
२. आमाले प्रेग्नेस्सी अवस्थामा खाने खानेकुरा र आमाको बाह्य बाताबरणको अनुकुलता ।
३. आमाले प्रेग्नेन्सी अवस्थामा गर्ने दैनिक कृयाकलाप ।
४. केही डाक्टरका अनुसार भ्रुणको विकास क्रममा आमाको नकारात्मक सोच र नशालु खानपानले पनि यस्तो हुने देखिन्छ ।
५. फोलिक एसिड अथवा विटामिन  B9 को कमी हुनु  ।
६. आमालाई डाएबिटीज मेलिटस हुनु ।
७. आमाको ओभर तौल हुनु ।
८. सामान्य भन्दा बढी तापक्रममा रहनु वा बढी तातो चिजको प्रयोग गर्नु ।

यो समस्या भएका बच्चाहरु धेरै जसो जन्मनु भन्दा अघाडीनै मर्छन् या जन्मेको केही घण्टामै मर्छन् । तर कुनै कुनै केसमा भने केही बर्षसम्म बाँचेको पनि पाइएको छ । त्यस्तो मध्धे धेरैको भ्रुण अबस्थामानै मिसक्यारिएज हुने कुरा बिभिन्न अध्ययनले बताएको छ । पछिल्लो समयमा न्युरल डिफेक्टको समस्या देखिन थालेको छ । आमेरिकामा यस्को समस्या बढ्दो छ । नेपालमा पनि नयापुस्ताका महिलाहरुको पहिलो प्रेग्नेन्सी अवस्थामा यो समस्या बढेको देखिएको छ ।  पछिल्लो समयमा यस्तो समस्या बढ्नुको कारण रहनसहन, बाह्य बाताबरणीय प्रभाव तथा जिनमा देखिएको खराबी मुख्या रुपमा रहेको कुरा जानकारहरुले बताएका छन् ।

स्रोत : अमेरिकन एसोसिएसन अफ नुरोलोजिकल सर्जन

यो लेखको लेखक मेडिकल साइन्सको नभएपनि बिभिन्न रिसर्च पेपेरहरुको रिभ्युबाट तयार गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !