१३ बैशाख २०८१, बिहिबार

किवी फलवाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


एजेन्सी, किवीबारे धेरै मानिसहरुलाई यसले स्वास्थ्यलाई पुर्या्उने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । निकै स्वादिलो फल किवी प्रायः सबैले रुचाउँछन् ।

यस फलका फाइदाहरू
शरीरको घाउँलाई निको गर्छ
किवीमा भिटामिन सी भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ । मानव शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ । शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ ।
कोलेस्ट्रोल कन्ट्रोल कम गर्छ
यसले कोलेस्ट्रोल नियन्त्रणमा मुख्य भूमिका निर्वाह गरेको हुन्छ । नियमित सेवन गरेको खण्डमा शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
जोर्नी दुख्ने समस्या निको गर्छ
किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ ।
कब्जियत हुन दिँदैन
किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !