२२ बैशाख २०८१, शनिबार

खुसी लिम्बूको ‘मैच्याङको गालैको कोठी’ गीतको भिडियो सार्वजनिक


खुसी लिम्बू

काठमाडौँ । पाँचथर याङ्वरक गाउँपालिका जन्म भई बेलायत बसोबास गर्दै आएका खुसी लिम्बूले चर्चित गायिका सुनिता थेगिमसग ‘मैच्याङ्को गालैको कोठी’ बजारमा ल्याएका छन् ।

जानू काम्बाङ् लिङदेनको शब्दमा तारा प्रकाश लिम्बुले सङ्गीत भरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाङकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थलङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

सानै उमेर देखि, गायनमा अत्यन्तै ठूलो रुचि बोकेका खुसी लिम्बुले मैच्याङको गालैको कोठीमा आफ्नै स्वरमा सजिएको गीतमा उत्कृष्ट अभिनय गरेर कला क्षेत्रमा पहिलो कदम राखेका छन् ।

खुसी लिम्बु गैर-आवासीय नेपाली संघ (NRN) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत लगायत दर्जनौ सामाजिक तथा राजनीतिक संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका छन् ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !