![श्वेता खड्कालाई पुत्रीलाभ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/Shweta-Khadka-Pregnant.jpg?fit=792%2C470&ssl=1)
काठमाडौँ । नायिका स्वेता खड्कालाई पुत्रीलाभ भएको छ । नायिका श्वेताले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् ।
काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा श्वेताले अप्रेशनको माध्यमबाट छोरीलाई जन्म दिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले गतवर्ष मात्रै प्रेमी विजेन्द्र सिंह रावतसँग बिहे गरेकी थिइन् । स्वेताले आमा बन्न लागेको खबर केही महिना गोप्य राखेकी थिइन् ।