![नारायणकाजी श्रेष्ठ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/Narayankaji-Shrestha-Matadan.jpg?fit=1024%2C663&ssl=1)
गोरखा । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
श्रेष्ठले बिहान ७:४९ बजे मतदान गरेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुगेका थिए ।