१३ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरे मतदान


डा. बाबुराम भट्टराई

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

डा. भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका हुन् । मतदानपछि सामाजिक संजालमा लेख्दै उनले राम्रा उम्मेदवारहरूले जितिन् भन्ने शुभकामना दिंदै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् भन्ने कामना पनि गारेका छन् ।

यसका साथै भष्मासुर प्रवृत्तिको उदय नहोस् भन्दै सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू होस् भन्ने कामना पनि गरेका छन् ।

यसैगरी गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !