![माधव नेपाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/Madhav-Nepal-Matadan214.jpg?fit=1224%2C551&ssl=1)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
रौटहट क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका उनले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गफ्रेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका–८ को भारती सदन मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।