![मृत](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/deathh.jpg?fit=780%2C436&ssl=1)
सर्लाही । सर्लाही जिल्लाको गोडौतामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
सर्लाहीको गोडैता नगरपालिका–६ मा गएराति भएको झडपमा एक जनाको ज्यान गएको हो । गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो ।
दुई समूहबीच झडप ढुङ्गा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीमा उपचार जारी रहेको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।