२२ बैशाख २०८१, शनिबार

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दोषी ६ जनालाई २ वर्ष कैद


प्रेम चलाउने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दोषी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको छ ।

आज बिहीबार न्यायाधीश विनोद खतिवडाको एकल इजलासले हरिप्रसाद आचार्य, योगेन्द्र रावल, रूपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई लाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।

अदालतले उनीहरूबाट पीडितका लागि २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !