२२ बैशाख २०८१, शनिबार

यात्रुसँग बढी भाडा लिने सवारी साधनबाट रकम फिर्ता


पैसा

२४ असोज, काठमाडौं । यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्ने सवारीसाधनवाट रकम फिर्ता गराएको छ । इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेसंगै बढी भाडा असुलेको थाहा पाएपछि सवारी साधनवाट रकम फिर्ता गराएको हो ।

जाँचका क्रममा करीब २० जना यात्रुबाट बढी भाडा लिइएको रु सात हजार रकम फिर्ता गराइएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कानूनबमोजिम जरिवानासमेत गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !