२१ बैशाख २०८१, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर लगभग एक/एक रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो । घटाइएको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू हुनेछ ।

यस्तो छ हेर्नुहोस नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !