२० पुस २०८१, शनिबार

मकालु मायालाई सचेत नागरिक सेवा समाजले गर्यो १ लाखभन्दा बढी आर्थिक सहयोग


मकालु माया

काठमाडौँ, २० असोज । सचेत नागरिक सेवा समाज बराहपोखरीले आर्थिक अवस्था दयनीय भएको एक महिलालाई आर्थिक सहयोग गरेको छ । बराहपोखरी गाउँपालिकाबाट विभिन्न देशमा रोजगार गरि रहेका र नेपाल भित्रै रहेका युवाहरु आबद्द सस्था सचेत नागरिक सेवा समाजले १ लाख २१ हजार रुपैया सहयोग गरेको छ ।

बराहपोखरि गाउँपालिका वडा नम्बर १ निवासी ताराबल राना मगर की २९ बर्षिय श्रीमती मकालु माया (राई) मगर केही समय यता देखि मानसिक सन्तुलन बिग्रन गई २०७७ साल असार ११ गत्ते ललितपुरको मानसिक अस्पतालमा भर्ना गरिएको थियो ।

भर्ना पश्चात् बिरामिको खर्च जुटाउन पारिवारिक अबस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन सस्थाले मकालुमा बचाउ अभियान संचालन गरेको संस्थाका अभियान्ता प्रकाश बन्जारा सहयात्री ले जानकारी दिए ।

बिरामिको उपचारको लागि सहयोग जुटाउन सचेत नागरिक सेवा समाज बराहपोखरी खोटाङको अगुवाईमा मकालु माया (राई) मगर बचाउ अभियान सन्चालन गरिएको थियो । अभियान्ता बन्जाराका अनुसार आफ्नो काम थाती राखी दिन रात भोको निन्द्रा नभनी यस अभियानमा संस्थाका अध्यक्ष प्रकाश खपाङ्गी मगर, उपसमिती वडा नम्बर १ का अध्यक्ष नगेन्द्र आले मगर, संस्थाका अनुसासन समिती संयोजक युबराज मगर, अभियान्ता प्रदिप बुर्जा मगर, अभियान्ता सागर मगर, साथै प्रहरी सेवा मा कार्यरत रहेर पनि देश र जनताको पहरेदार रहेर आफ्नो ब्यस्तता को बाबजुद पनि अभियान लाई साथ दिने ससस्त्र प्रहरी हवल्दार नीर बहादुर मगर र ट्राफिक प्रहरि हवल्दार इस्वर बन्जाराको मुख्य सकृयता रहेको थियो ।

आर्थिक सहयोग पछि मकालु माया को उपचार भई सकेको छ । उहालाई अस्पतालले डिस्चार्ज गरि पुनः जांचको समय समेत दिई सकेको छ । उक्त रकम सस्थाका अध्यक्ष प्रकाश मगर, प्रबक्ता निर बहादुर मगर साथै ओडा नम्बर २ उपसमिती महासचिब मनिराज मगर बिरामी को घरमै गएर स्थानिए बासिको भेला गराएर हस्तान्तरण गर्नु भएको हो ।

सचेत नागरिक सेवा समाजको यो दोस्रो सामाजिक कार्य हो। सामाजिक आर्थिक तथा ब्यवसाय विकासको निमित्त सबै युवा हरु एकजुट भई खोलिएको यस सचेत नागरिक सेवा समाजले यस अगाडि पनि पारिवारिक अवस्था नाजुक भएको बाराहपोखरी गाँउपालिका निवासी छ्त्र बहादुर मगरको ११ बर्षिए छोरी मँगली मगर को उपचार खर्चको लागि रु १ लाख ३० हजार आर्थिक सहयोग गरेको थियो। भर्चुअल प्रविधी बाट गठित यस यस लाई बैधानिकता दिन संस्थाको तदर्थ समिती सहित बिधान तयार भई सकेको अभियान्ता बन्जारा ले जानकारी दिए। साथै यस अभियानमा जोडिएर देश तथा बिदेश बाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु प्रती सम्पुर्ण संस्थाको तर्फ बाट हार्दिक आभार प्रकट गर्दै आउने दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !