१४ असार २०८१, शुक्रबार

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने


वाग्मती प्रदेशसभा

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकका लागि आज अपरान्ह ४ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गर्नुभएको थियो । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !