१० मंसिर २०८१, सोमबार
राष्ट्रिय समाचार

दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ ले ज्यान गुमाए

कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन् ।