चाँगुनारायण : स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि उच्च प्राथमिकतामा
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाको मङ्गलबारदेखिशुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि उपप्रमुख वीणा बाँस्तोलाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मतले पारित गरेको हो ।