पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
पोखरा, भदौ ११ । कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३२ वषीय महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत पोखरा-११ की ती महिलामा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो