२५ चैत, मोरङ । हिन्दु धर्मगुरु श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उहाँमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् । तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ ।