११ श्रावण २०८१, शुक्रबार

कर्मचारीदेखि अर्थमन्त्रीसम्म डा. युवराज खतिवडा


Dr. Yuwaraj Khatiwada

जन्म र पृष्ठभूमि
वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकारमा डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सन् १९५६ मा जन्मिएका डा. युवराज खतिवडा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । डा. खतिवडा राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष बनेका बरिष्ठ अर्थविद समेत हुन् । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । बाम एकता पछी बाम संयुक्त घोषणापत्र लेखन कार्यदलका समेत एक मुख्य पात्र हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसंधान विभागको प्रमुख समेत बनेका खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री समेत गरेका छन् । अहिले ओली सरकारको अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

कर्मचारी हुँदाका सफलता

गभर्नर हुनुअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । राष्ट्र बैंकमा रहँदा डा. खतिवडाले घरजग्गाको कारोबारमाथि कडाइ गरे । बैंकरहरुको सुविधामा सीमा लगाइदिने काम गरे । बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको सुरुवात गराए । नयाँ वित्तीय संस्था खोल्नमा कडाइ गरे । बैंकहरुको कर्जा र निक्षेपमा सीमा लगाए । वित्तीय पहुँच विस्तारमा लिएका यिनी नीतिहरुका कारण खतिवडाको प्रशंसा हुने गरेको हो । त्यसैगरी पुँजी पलायन भएको, लघुवित्त कम्पनीको संख्यामा उच्च वृद्धि हुन पुगेको, लघुवित्तका ग्राहकहरुमा दोहोरिने समस्या बढेको भन्दै खतिवडाको आलोचना पनि हुने गरेको छ ।

पुरस्कार तथा सम्मान

डा.युवराज खतिवडा महेन्द्र विद्या भूषण तथा सुप्रबल गोर्खा दक्षिण बाहुबाट समेत सम्मानित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !