१८ बैशाख २०८१, मंगलबार

२०८१ साल वैशाख ५ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल वैशाख ५ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

परिस्थिति प्रतिकूल बन्दै जाने साथै अप्ठ्यारोमा साथ दिने आफन्तहरु टाढिदै जाने ।

वृष

उद्योग व्यवसायमा फाइदा हुने साथै गरेका कार्यले उचित प्रतिफल दिने ।

मिथुन

अरुको बारेमा अनावश्यक चासो राख्दा आफै समस्यामा परिने साथै आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।

कर्कट

रचनात्मक कार्यको प्रारम्भ हुने साथै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।

सिंह

आर्थिक लाभ नहुने कामको पनि जिम्मेवारी लिनुपर्ने साथै व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउने ।

कन्या

आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने साथै शुभ समाचार सुन्न पाइने ।

तुला

नयाँ कार्यका लागि प्रस्ताव आउने साथै पहिलेको सफलताले मनमा हौसला बढ्ने ।

वृश्चिक

आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पहिलेका सम्झौताहरु भङ्ग हुने परिस्थिति बन्ने ।

धनु

थालेका कार्यलाई पुनः दोहोर्‍याए गर्नुपर्ने साथै न्यून उपलब्धिमा पनि चित्त बुझाउनुपर्ने ।

मकर

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने साथै अतिथिको रुपमा स्वागत सत्कार प्राप्त हुने योग ।

कुम्भ

दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने साथै परिश्रमको अनुपातमा उचित प्रतिफल प्राप्त हुने ।

मीन

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने तथा नयाँ कार्ययोजना लागू गर्न भने प्रतीक्षारत हुने नै उचित ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !