१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत ३० गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत ३० गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।

वृष

लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग साथै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।

मिथुन

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।

कर्कट

आय आर्जनका नयाँ बाटाहरु खुल्ने साथै मनमा थप उत्साह जाग्ने ।

सिंह

पहिलेका कार्यले हौसला थप्ने यद्यपि कार्य सम्पादनमा मिहिनेत बढाउनुपर्ने स्थिति बन्ने ।

कन्या

आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पूर्व सम्झौता तोडिने परिस्थिति बन्ने ।

तुला

अपेक्षाभन्दा न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने साथै पूरा हुनै लागेको कार्य पुनः दोहोर्‍याएर गर्नुपर्ने ।

वृश्चिक

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने साथै घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।

धनु

कुनै दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भ हुने साथै परिश्रमले लक्षित फल दिने ।

मकर

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने यद्यपि नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु श्रेयस्कर हुने ।

कुम्भ

अप्ठ्यारो परिस्थितिमा साथ दिने आफन्तको अभाव खड्किने साथै परिश्रमले उचित प्रतिफल दिन कठिनाइ ।

मीन

उद्योग व्यापारबाट मनग्य फाइदा हुने साथै मनमा प्रसन्नताको बहार छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !