१९ बैशाख २०८१, बुधबार

२०८० साल चैत २९ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत २९ गते बिहीबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

बोलीको ओजस्वी सकारात्मक प्रभाव बढ्ने साथै यत्रतत्र शुभ कर्मको चर्चा चल्ने ।

वृष

कुनै उपयोगी सभा, समारोहमा सरिक हुने मौका मिल्ने साथै नयाँ ज्ञानार्जनका अवसर जुट्ने ।

मिथुन

सामाजिक स्थानमा खलबल आउने उच्च सम्भावना साथै आत्मबलमा कमी आउने ।

कर्कट

उचित समयमा उपयुक्त निर्णय लिन सकिने साथै अनायासै आर्थिक लाभको सम्भावना ।

सिंह

विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग प्राप्त हुने साथै आम्दानीका नयाँ बाटाहरु खुल्ने ।

कन्या

विगत लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू हुने साथै नयाँ कार्ययोजना बन्ने ।

तुला

मानसिक तथा शारीरिक आलस्यता बढ्ने साथै अन्तिममा पुगेर काम बिग्रिने उच्च सम्भावना ।

वृश्चिक

कला साहित्य वा सङ्गीतमा रुचि बढ्ने साथै आशा गरेको ठाउँ वा व्यक्तिबाट राम्रो प्रतिक्रिया पाइने ।

धनु

आफूले गरेको कार्यमा आत्मसन्तुष्टि हुने साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने ।

मकर

दैनिक मूल्य परिवर्तन भइरहने वस्तुमा गरेको लगानीले फाइदा नदिने साथै नजिकैको आफन्तबाट भने साथ हौसला प्राप्त हुने ।

कुम्भ

वैचारिक मनमुटावले गहिरो रुप लिने साथै अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने ।

मीन

धार्मिक कार्यहरुमा मन जाने साथै मनमा प्रसन्नता छाउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !