१९ बैशाख २०८१, बुधबार

२०८० साल चैत २५ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत २५ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउने साथै खर्चका बाटाहरु लम्बिएर जाने ।

वृष

अनायासै आर्थिक तथा जमिन लाभको योग साथै आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।

मिथुन

स्वास्थ्य स्थिति अनुकूल प्राय: रहने यद्यपि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

कर्कट

राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना साथै वादविवादबाट टाढै रहेको श्रेयस्कर ।

सिंह

स्वास्थ्य अवस्थामा अनायास नकारात्मक परिवर्तन देखापर्ने साथै वैचारिक मनभेदको सम्भावना ।

कन्या

थालेका कार्यले सफलताको मार्ग लिने साथै मानसिक शान्ति र आराम मिल्ने ।

तुला

विरोधी तत्त्वको लजास्पद हार हुने साथै यत्रतत्र यश, कीर्ति फैलने ।

वृश्चिक

यात्रा भ्रमणको क्रममा अनेकौं विघ्नबाधा सहनुपर्ने साथै मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।

धनु

स्वजनसँगै झैझगडा वा द्वन्द्वको स्थिति बन्ने साथै हरेक कार्यमा बिघ्नबाधा खडा हुने ।

मकर

मनमा प्रसन्नताको सुखद् बहार छाउने साथै आरोग्यतामा थप वृद्धि आउने ।

कुम्भ

आर्थिक संकटको सामना गर्नुपर्ने साथै असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित हुने ।

मीन

पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुनेे साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !