१९ बैशाख २०८१, बुधबार

२०८० साल चैत २३ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत २३ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने साथै शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।

वृष

स्वास्थ्य स्थिति अनुकूल रहेपनि आँटेताकेका कार्यलाई गन्तव्यमा पुर्याउन कठिनाइ ।

मिथुन

व्यापार व्यवसायमा अन्तुलनता देखापर्ने साथै आशा गरेको व्यक्ति, स्थानबाट काम नबन्ने ।

कर्कट

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने तथा अनावश्यक वादविवादमा फसिने सम्भावना ।

सिंह

मनमा शान्ति तथा मुहारमा कान्ति छाउने साथै प्रारम्भित कार्यले अपेक्षाकृत् गति लिने ।

कन्या

शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जाने साथै आफूले गरेको कार्यले आत्मसन्तुष्टि दिने ।

तुला

घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्ने साथै मनमा अशान्तिले डेरा जमाउने ।

वृश्चिक

इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा साथै मनमा अस्थिरता छाउने ।

धनु

आरोग्यतामा थप वृद्धि आउने साथै मनमा खुशीयाली छाउने शुभ योग ।

मकर

असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित हुने साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने ।

कुम्भ

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने साथै पारिवारिक साथ सहयोगले महत्त्वपूर्ण काम बन्ने ।

मीन

सामाजिक मान सम्मानमा केही खलबल आउने साथै खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !