१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत २० गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत २० गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आश्वासन दिनेहरुबाटै घातप्रतिघात हुने तथा पूर्व सम्झौता तोडिने प्रबल सम्भावना ।

वृष

न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने साथै कार्य सफलताका लागि सोही काम पुन: दोहोर्‍याएर गर्नुपर्ने ।

मिथुन

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।

कर्कट

परिश्रम अनुसारको नतिजा प्राप्त हुने साथै दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने ।

सिंह

नयाँ कार्यका लागि भने प्रतीक्षा गर्नु नै श्रेयस्कर हुने यद्यपि बौद्धिक क्षेत्र भने फराकिलो हुँदै जाने ।

कन्या

परिस्थिति प्रायः प्रतिकूल बन्ने साथै अप्ठ्यारो स्थितिमा साथ दिने कोही नहुने ।

तुला

उद्योग, व्यापार, व्यवसायबाट फाइदा हुने साथै गरेको कार्यको उचित प्रतिफल प्राप्त हुने ।

वृश्चिक

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।

धनु

रचनात्मक कार्यको प्रारम्भ हुने साथै विछोडिएका आफन्तसँग पुनर्मिलनको शुभ योग ।

मकर

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउने साथै आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने ।

कुम्भ

आम्दानी बढेसँगै मनमा उत्साह जाग्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

मीन

नयाँ काम वा रोजगारीको प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला बढ्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !