१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत १५ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १५ गते बिहीबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।

वृष

परिश्रम अनुसार फल प्राप्त हुने साथै दीर्घकालीन रुपमा फाइदा हुने काम प्रारम्भ हुने ।

मिथुन

बौद्धिक क्षेत्रमा प्रगति हुँदै गएपनि नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षारत रहनु नै श्रेयस्कर हुने ।

कर्कट

अप्ठ्यारोमा साथ दिने आफन्त नै टाढिने साथै परिस्थिति प्रायः प्रतिकूल बन्ने ।

सिंह

उद्योग व्यापारमा फाइदा हुने साथै गरेका कार्यबाट उचित प्रतिफल पाइने ।

कन्या

अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने साथै मानसिक असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।

तुला

लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलन हुने साथै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।

वृश्चिक

व्यवसायमा लगानी बढाउनुपर्ने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी बहन गर्नुपर्ने ।

धनु

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने साथै शुभ समाचार सुन्न पाइने ।

मकर

कुनै नयाँ कामको प्रस्ताव आउने साथै पहिलेको सफलताले मनमा हौसला बढ्ने ।

कुम्भ

नयाँ कार्ययोजना तय हुने साथै लामो समयदेखि रोकिएका कार्य सुचारु हुने ।

मीन

सोचेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !