१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत १२ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १२ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शनसँगै यत्रतत्र यश कीर्ति फैलिने ।

वृष

यात्राको क्रममा विविध बिध्न बाधाहरु आइपर्नुका साथै मनमा शङ्का तथा चिन्ताले डेरा जमाउने ।

मिथुन

आफन्तजन इष्टमित्रसँगको मतभेद तथा कार्यमा अवरोधको सामाना गर्नुपर्ने ।

कर्कट

आरोग्यतामा थप वृद्धि आउनुका साथै मनमा प्रसन्नता छाउने ।

सिंह

आर्थिक समस्याले सताउनुका साथै मानसिक रुपमा असन्तोषको वातावरण सिर्जित हुने ।

कन्या

विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुने साथै सामाजिक मान सम्मानमा वृद्धि हुने ।

तुला

आफन्तबाटै प्रतिपक्षीको भूमिमा खेलिनुका साथै अनावश्यक ठाउँमा धननाश हुने सम्भावना ।

वृश्चिक

अनायासै अर्थ, वस्त्र, उपहार लाभसँगै मन प्रसन्न हुने समाचार सुन्न पाइने ।

धनु

आँटे ताकेका कार्य बीचैमा रोकिए पनि स्वास्थ्य स्थिति भने अनुकूल रहने ।

मकर

राज्यपक्षबाट असहयोग वातावरण बन्नुका साथै व्यापार व्यवसायमा नोक्सानीको सामाना गर्नुपर्ने ।

कुम्भ

वादविवाद , वैचारिक मतभेदमा नपरेकै श्रेयस्कर हुनुका साथै स्वास्थ्यस्थितिको विशेष ख्याल गर्नुपर्ने ।

मीन

थालेको कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा हर्ष, खुशी तथा आनन्दानुभूति हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !