१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत ११ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत ११ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

बौद्धिक क्षेत्र फराकिलो बन्दै गएपनि नयाँ कार्यको प्रारम्भका लागि केही प्रतीक्षारत रहनु श्रेयस्कर ।

वृष

अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस हुने साथै परिश्रम खेर जाने सम्भावना ।

मिथुन

उद्योग व्यवसायमा अपेक्षित फाइदा भएसँगै मनमा प्रसन्नताको बहार छाउने ।

कर्कट

बोलीवचनको प्रभाव बढे तापनि अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने ।

सिंह

कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ हुने साथै लामो समयदेखि विछोडिएका आफन्तजनसँग पुनर्मिलनको योग ।

कन्या

आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने साथै व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना हुने ।

तुला

शुभ समाचारको आगमन हुने साथै आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने ।

वृश्चिक

नयाँ कामका लागि प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला थपिने ।

धनु

पूर्व सम्झौता तोडिने परिस्थिति बन्ने साथै आश्वासन दिनेहरुले नै झुक्याउने प्रबल सम्भावना ।

मकर

एकपटक गरिसकेको कार्य पुनः दोहोर्‍याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।

कुम्भ

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।

मीन

परिश्रम अनुसारको नतिजा प्राप्त हुने साथै दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !