१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत ६ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत ६ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

उद्योग व्यवसायमा फाइदा भएसँगै गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने ।

वृष

अरुको विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने यद्यपि बोलीले भने प्रभूत्व जमाउन सकिने ।

मिथुन

लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाट भएसँगै कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।

कर्कट

व्यवसायमा लगानी बढाउनुपर्ने साथै आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने ।

सिंह

आम्दानी बढेसँगै मनमा उत्साह थपिने साथै शुभ समाचारक‍ो प्राप्ति हुने ।

कन्या

नयाँ कामको प्रस्ताव आउने साथै पहिलेको सफलताले हौसला थपिने ।

तुला

आशा र आश्वासन बाँड्नेले नै झुक्याउने साथै पहिलेका सम्झौता तोडिने परिस्थिति निर्माण हुने ।

वृश्चिक

गरिसकेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने साथै न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने ।

धनु

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतित हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।

मकर

दीर्घकालीन रुपमा फाइदा दिने कामको सुरुवात हुने साथै यत्रतत्र चर्चाको विषय बनिने ।

कुम्भ

बौद्धिक क्षेत्र फराकिलो भएपनि नयाँ कार्य प्रारम्भका लागि केही समय धैर्य गर्नु नै श्रेयस्कर हुने ।

मीन

अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव महसुस हुने साथै परिश्रम खेर जाने योग ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !