१९ बैशाख २०८१, बुधबार

२०८० साल चैत ४ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत ४ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।

वृष

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने साथै मनमा असन्तोषको ज्वारभाटा उठ्ने ।

मिथुन

सामाजिक इज्जत प्रतिष्ठामा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।

कर्कट

विश्वास पात्रबाटै घातप्रति हुने साथै नसोचेको ठाउँमा अनावश्यक खर्च बढ्ने उच्च सम्भावना ।

सिंह

आफन्तनजसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै कुनै सुखद समाचार सुन्न पाइने ।

कन्या

स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

तुला

आशा गरेको व्यक्ति, स्थान वा राज्यपक्षबाट असहयोग साथै व्यापार व्यवसायमा असन्तुलनता ।

वृश्चिक

अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्न साथै वादविवाद जन्य विषयमा प्रवेश नगरेको नै उचित हुने ।

धनु

थालेका कार्यले सफलताको मार्ग लिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

मकर

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने साथै यत्रतत्र यश कीर्ति फैलने ।

कुम्भ

घरबाहिरको बसाइका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने साथै मनमा अशान्तिले डेरा जमाउने ।

मीन

मन प्राय: अस्थिर रहने साथै आफन्तजनसँगै वैचारिक मनमुटावको परिस्थिति निर्माण हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !