१९ बैशाख २०८१, बुधबार

२०८० साल चैत १ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १ गते बिहीबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने साथै सामाजिक मान सम्मानमा थप वृद्धि आउने ।

वृष

विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्ने तथा नसकेको ठाउँमा अनावश्यक धननाश हुने ।

मिथुन

प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै अनायासै अर्थ, जमिन वा उपहार लाभको सम्भावना ।

कर्कट

स्वास्थ्यले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

सिंह

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने साथै आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ने ।

कन्या

वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर हुने साथै कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ने ।

तुला

प्रारम्भ भएका कार्यले उचित गति तथा मार्ग लिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

वृश्चिक

प्रतिस्पर्धामा उत्कट प्रदर्शन गर्न सफल भइने साथै आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउने ।

धनु

कुनै अशुभ समाचार सुन्नुपर्ने साथै यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ने ।

मकर

स्वास्थ्य स्थिति प्रतिकूल तथा इच्छित खानाको उपभोगमा बाधा अवरोध हुने ।

कुम्भ

मनमा प्रसन्नताको बहार छाउने साथै आरोग्यतामा थप वृद्धि आउने ।

मीन

आर्थिक अवस्थामा असन्तुलनता देखापर्ने साथै मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !