१२ श्रावण २०८१, शनिबार

महाशिवरात्री र यसको महत्व


महाशिवरात्री

महाशिवरात्री हिन्दूहरूको महान चाडको रूपमा मनाउने परम्परा सदियौंदेखि चल्दै आएको देखिन्छ । यो पर्ब फागुन कृष्ण चतुर्दशीको दिन पर्दछ । यो दिन महाशिवरात्री धुमधामसंग मनाउने गरिन्छ ।

महाशिवरात्री हिन्दुको एक विशेष पर्व पनि हो । यो पर्बमा भांग धतुरो खाएर मनाउने प्रचलन छ । यस्ता पर्बमा जथाभावी यस्ता पदार्थ सेवन गर्ने प्रचलनमा सुधार गर्न आवश्यक छ ।

शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्ने गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र उपास बसेकाहरूले चढाएपछि मात्र फलहार गर्दछन् । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ ।

अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता अनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिमा भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए भन्ने उल्लेख गरेको पाइन्छ ।

शिवको आराधना र उपबास गर्नाले फल प्राप्त हुने विश्वास गरिएको छ । विश्वास नै फल हो जहा विश्वास घड्दै जान थाल्दछ त्यहाँ शक्ति पनि कमजोर हुदै जान थाल्दछ । आज हाम्रो देशमा विश्वासको हत्या हुदै गएको छ । हामीले परम्परालाई मास्दै गएका छौं । धर्म संस्कृति बचाउनु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !