१३ बैशाख २०८१, बिहिबार

गजल


गजल

गजल

मनले आफ्नो सम्झीएर मन पराएँ त के भो ?

उनीबाटै रातो सिंदुर भराएँ त के भो ?

 

आफ्ना सबै शत्रु भए नानाभाती नाटक रचे

मेरो मान्छे यिनै भनी कराएँ त के भो ?

 

समाजको जातै उस्तो खेदो, पाइलो गर्दै हिड्ने

प्रेम सधैँ अमर हुन्छ पुष्टि गराएँ त के भो ?

 

प्रकृतिको नियम नै हो को पो यहाँ एक्लो छ र

उनी सँगै आफ्नो बसाइ सराएँ त के भो ?

– रीता भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !