१३ बैशाख २०८१, बिहिबार

गजल्टेको गजल


गजल्टेको गजल

 

गजल्टेको गजल

जीवन जिउनुको के अर्थ, कहिल्यै हार नभए |
पिडा भोगाईको के अर्थ, परिस्थीतिको गम्भीर प्रहार नभए |

सक्ने टिक्छ, सक्ने बिक्छ, सक्नेको नै जय जय |
जीतको नि के अर्थ ,यदि भिड्ने हजार नभए |

लड्छु तर फेरी उठ्छु, हिड्नु छ अझै धेरै |
सफलताको नि के अर्थ, खुट्टा तान्ने दुई-चार नभए |

सबैको सामु हास्ने, एकान्तमा रुने, बानी भयो अब |
एकालिनु नि के अर्थ, चारै तिर थुन्ने दिवार नभए |

असफलता काधमा, ऊ प्रतिको झुकाव, नशा भयो अब |
भाग्य रसको नि के अर्थ, दुइ-चार पटक इन्कार नभए |

– गजल्टे त्रिशम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !