१३ बैशाख २०८१, बिहिबार

गजल


ramesh-sapkota

आफैंले आफ्नो सारा पीडाहरु भोग्नु पर्ने
हजारचोटि ईश्वर सम्झि मुर्तिलाई ढोग्नु पर्ने

उही मान्छे जन्म दिने उही आमा भएपछि
भावीले भाग्य दिँदा बराबरी जोख्जु पर्ने

साँच्चै नै यो दुनियाँमा यस्तै चलन भएदेखि
पर्थ्यो होला मात्र घमण्डलाई रोक्नु पर्ने

कालो छ यो स्वार्थी दुनियाँको चाल पनि
जत्रो भार भए पनि आफैंले भोग्नु पर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !