१२ बैशाख २०८१, बुधबार

गजल


alone-3.jpg

दिलमा कोर्या तस्विर मेरो हटाएर गयौ तिमि
कोही अरुको साथ लिई मन मुटु हटाएर गयौ तिमि !!

समर्पित थिए तिम्रा निम्ती कोही आफ्नो नभनेर
आफ्नो भन्ने नाता सबै फटाएर गयौ तिमि !!

भ्रममा पार्यौ मेरो जन्म तिम्रै लागी देको भनि
होश्, बेहोश्मा तिम्रै नाम रटाएर गयौ तिमि !!

तिम्रो मेरो प्रेम सधै अजर-अमर हुन्छ भन्थ्यौ
अन्तै माया गाँस्ने काम खटाएर गयौ तिमि !!

सोच्थे सँधै जुनी भरी यस्तै माया पाउँछु भनि
अपसोच्, तरा मयाको रस चटाएर गयौ तिमी !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !