२० बैशाख २०८१, बिहिबार

तीन मुक्तक


सूर्य पौडेल

सोच्यौ होला तिमीले ‘उसले कानमा लेखेको छ ।
तिम्रो त्यो बोली यो दिलले चट्टानमा लेखेको छ ॥

उडेपछि सकियो हिसाब-किताब भन्छौ अरे !
‘उस्ले’ आयव्यय उत्रिने मैदानमा लेखेको छ ॥

—————————–

सोच त नशा नशाकै र-गत बद्लिन सक्छ ।
तिम्लाई ‘राजा’ बनाउने मत बद्लिन सक्छ ॥

घमण्ड नगर आकाश मै उड्छु म भनेर;
समयको खेल हो हवि-गत बद्लिन सक्छ ॥

—————————————-

ढल्दा हेपाहा श्वान झैँ भुक्छ समाज ।
हिँड्दा ईर्ष्यालु अनल फुक्छ समाज ॥

केही नगरी चुपचाप बस्दा फेरि;
अल्छी लाछी संज्ञा दिँदै थुक्छ समाज ॥

—————————————–

सूर्य पौडेल
बा. नपा १३ बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !