१३ बैशाख २०८१, बिहिबार

प्रेम : स्रग्विणी छन्द


प्रेम : स्रग्विणी छन्द

ॐ श्रीपरमात्मने नम: !

प्रेममा बन्दछन् कल्पना उज्जर
प्रेमको चाहना राख्तछन् श्रीधर ।
प्रेमका पुष्प हुन् भावना मन्दिर
प्रेममा पूज्य छन् साधना सुन्दर ।।१।।

मको प्रार्थना गर्दछन् शंकर
प्रेमको वन्दना होस् सदा श्रीकर ।
प्रेम हो सद्गुणी सम्झनाको घर
प्रेम हो विश्वमा चेतनासागर ।। २।।

प्रेममा फुल्दछन् जीवका जीवन
प्रेमको होस् सही लोकमा पूजन ।
प्रेम हो ईशझैं पूज्य औ पावन
प्रेमका सौम्य छन् शास्त्रमा वर्णन ।।३।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !