सुन्तला खेती गर्ने तरिका

सुन्तला खेती गर्ने तरिका

सुन्तला नेपालमा पाइने एक प्रकारको फल हो । यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ ।

सुन्तलामा भिटामिन ‘ए’, ‘बी’, फलाम र पोटेसियमसमेत बढी मात्रामा हुन्छ । भिटामिन ‘ए’ र क्याल्सियमले ओतप्रोत सुन्तला को नियमित सेवनले दाँत र हाडको स्वास्थ्य राम्रो हुन्छ । यसले अस्टियोस्पोरोसिसको जोखिमलाई धेरै हदसम्म कम गर्छ । यति मात्र नभई, यो फलले रगतमा ब्लड सुगरको स्तरलाई सामान्य राख्छ ।

रेसा (फाइबर) को राम्रो स्रोत भएकाले सुन्तलाले चिनीलाई फ्रुटोसमा परिवर्तित गर्छ । यो गुलियो भए पनि चिनीको स्तरलाई नियन्त्रित गरेर मधुमेहपीडित व्यक्तिका लागि राम्रो पेयपदार्थ सावित हुन्छ ।

Orange

सुन्तलाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्नासाथ ऊर्जा दिन थाल्नु हो । सूर्यकिरणद्वारा सुन्तलाको ‘स्टार्च’ गुलियोमा परिवर्तित हुन्छ, जुन मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।

सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा

सघाउँछ । यसले हामीलाई तनाव र डिप्रेसन (उदासी रोग) बाट निकाल्न सघाउँछ । सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ ।

सुन्तला खेतीगर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरु :

सुन्तला खेती कस्तो किसिमको हावापानीमा राम्रो हुन्छ ?

यसको खेती समशितोष्ण हावापानी जहाँ चिसो र घमाईलो, हिउद ओसिला, ग्रीष्म तथा तो हावा नचल्ने मध्य पहाडी क्षेत्र सुन्तला फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ ।

यसको खेती समुह सतहबाट कति उचाईसम्म हुन्छ ?

यसको खेतीको लागि १०००–१२०० मीटरसम्मको उचाई सबै भन्दा राम्रो मानिन्छ तर ब्यवहारमा ८००–१५०० मीटरसम्म खेती भईरहेको पाईन्छ ।

यसलाई तापक्रम कतिसम्म भए राम्रो होला ?

यसको लागि १८–३०० से. तापक्रम हुने ठाउँहरु उपयुक्त मानिन्छ तर पनि १४–४०० से. तापक्रम हुने ठाउमा पनि खेती गर्न सकिन्छ ।

यसको खेतीको लागि वार्षिक वर्षा कतिसम्म भएमा राम्रो हुन्छ ?

वार्षिक वर्षा करीब १००० मि.मि. भएको सबभन्दा राम्रो हो तर ९००–१८०० मि.मि.सम्म वर्षा हुने स्थानमा पनि खेती गर्न सकिन्छ । कम पानी पर्ने तथा पानीको वितरण राम्रो नभएका स्थानहरुमा सिंचाई ब्यवस्था राम्रो हुनु पर्दछ ।

हावाको वहावले सुन्तला खेतीलाई कतिको असर गर्दछ ?

धेरै तातो वा चिसो हावा चल्ने स्थानहरु यसको खेतीको लागि राम्रो मानिदैन । फूल फुल्ने र फूल लाग्ने बेलामा बढी हावा चल्ने भएमा फूल सुकाउने, झर्ने, परागसेचन हुन नदिई फल नलाग्ने तथा लागेको फलपनि झर्ने जस्ता समस्या देखा पर्दछन् ।

यसको खेती कस्तो किसिमको माटोमा फस्टाउदछ ?

यसको लागि पानी नजम्ने हल्का दोमट माटो उपयुक्त मानिन्छ । हुन त हल्का बलौटे र चिम्टाईलो माटोमा खेतीनै गर्न नसकिने होइन यस्तो ठाउँमा बढी कम्पोष्ट मल प्रयोग गरी माटोको सुधार गर्नु पर्दछ ।

यसको खेती गर्दा जमीनको मोहडालाई पनि ध्यान दिन जरुरी हुन्छ ?

हावापानी र माटो उपयुक्त भएको ठाउँहरुमा मोहडाको त्यति ध्यान दिन्न तर उत्तर–पूर्वी मोहडामा चिस्यान कायम रहने हुँदा सिंचाई सुविधा नभएका ठाउँहरुमा यस्तो मोहडा भएको जमीन राम्रो मानिन्छ।

नेपालमा सुन्तलाका कुन कुन जातहरु पाईन्छन् ?

यहाँ स्थानीय, उन्नत तथा हाईब्रीड किसिमका जातहरु पाईन्छन् तर बढी खेती गरिएका जातहरु भने स्थानीय नै छन् । उपलब्ध जातहरुमा खोकु स्थानीय, ओकित्सुवासे, मियागावावासे, योसिदा पोंकान, मरकट,फिउट्रेल अर्ली, थाई तेन्जारीन, किन्नो आदि हुन ।

खोकु स्थानीय सुन्तलाको विशेषता के हुन ?

यो मध्यम सिजन मंसीर देखि माघसम्ममा पाक्ने जात हो । फलको बनावट गोलो र हल्का पहेंलो रंगको हुन्छ तर बोक्रको सतह भने बाक्लो हुन्छ । गुलियोपन १३–१४% र अमिलोपन ०.८–१.०० पाइन्छ । औसत तौल १००–१२५ ग्राम हुन्छ ।

ओकित्सुवासेको विशेषताको बारेमा बताई दिनु हुन्थ्यो कि ?

यसको खेती १२००–१५०० मीटरसम्म राम्रो हुन्छ । स्थानीय जात भन्दा २–३ महिना अगाडी असौजमै पाक्ने हुँदा यसले बजार भाउ राम्रो पाउछ । यसको तौल १४०–१८० ग्राम र गुलियोपन ८–९% र अमिलोपन ०.८–१.००% हुने भएकोले स्थानीय नेपाली सुन्तला भन्दा कम गुलियो हुन्छ ।

मरकट जातको विशेषताको पनि जानकारी गराई दिनु हुन्थ्यो कि ?

यो सबै भन्दा ढीलो फाल्गुण–चैत्रमा पाक्ने हाईब्रीड जात हो । यसको खेती ८००–११०० मीटरको उचाईमा गर्न सकिन्छ । यसका बिरुवाहरु धेरै अग्ला नहुने र ज्यादा नफैलने हुँदा बिरुवाहरु बढी घनत्वमा लगाउन सकिन्छ । यो निकै उत्पादन दिने, बोक्रा पातलो भएको, गुलियोपन १४–१५ र अमिलोपन २% सम्म भएको जापानबाट भित्र्याइएको र नेपालमा खेती विस्तार हुदै गरेको जात हो ।

Oranges

सुन्तलाका बिरुवा कसरी उत्पादन गरिन्छ ?

यसका बिरुवा बीउबाट, वानस्पतिक प्रसारण तथा टिस्यूकल्चर प्रविधिबाट गर्न सकिन्छ । विगत २ दशक पहिलेसम्म सुन्तलाका बिरुवाहरु बीउबाट उत्पादन गरिन्थ्यो र विशेषतः न्यूसेलार बिरुवा उत्पादन गरिन्थ्यो ।

न्यूसेलार बिरुवा भनेको के हो ?

परागसेचन र गर्भाधान कृया नभईकन शुद्ध वानस्पतिक कोषबाट उत्पादन हुने बिरुवालाई न्यूसेलार बिरुवा भनिन्छ । यी बिरुवाहरु नगडा, काँडेदार र ठाडो गरी बढ्ने हुन्छन् र अन्य लैङ्गिक बिरुवाबाट छुटिृन्छन् ।

वानस्पतिक विधिमा कुन कुन विधिहरु सुन्तला बिरुवा उत्पादन गर्नमा प्रयोग गरिन्छ ?

वानस्पतिक विधिमा सूट टीप ग्राफ्टीङ्ग, भिनियर ग्राफ्टीङ्ग, टी–वडिङ्ग, गुटी विधि सफल विधिहरुमा परेता पनि हाल आएर सूट टीप ग्राफ्टीङ्ग नै बढी गरिन्छ ।

सूट टीप ग्राफ्टीङ्ग विधिबाट बिरुवा कसरी प्रसारण गरिन्छ ?

यसको लागि करीब १ वर्ष उमेरको पेन्सिल मोटाईको ट्राईफोलियट रुटस्टकको बिरुवाको १५–२० से.मि. उचाई माथिको भाग हटाई चक्कुले टुप्पो भन्दा करीब २ से.मि. तल देखि माथिति छड्के काट्नु पर्दछ । यसैगरी उस्तै उमेरको सायनको फेदतिर पर्नेगरी २ से.मि. माथिबाट रुटस्टकमा जस्तै काट्नु पर्दछ र सायनलाई रुटस्टकमा काटिएको घाउमा जोडेर प्लाष्टिक टेपले माथिबाट हावा तथा पानी नछिर्ने गरी वलियोसंग बाध्नु पर्दछ । कलमी सफल भएपछि प्लाष्टिक हटाई दिनु पर्दछ । यस प्रकार सजिलै कलमी बिरुवा तयार हुन्छ ।

सुन्तलाका बिरुवाहरु बगैंचामा कुन तरीकाले लगाउनु उचित होला ?

सुन्तलाको बगैंचा नीकै ठूला ठूला टार भएको ठाउँमा लगाउनु छ भने वर्गाकार वा त्रिभुजाकार तरीकाले लगाउन सकिन्छ तर सुन्तला बगैंचा बढी मध्य पहाडी क्षेत्रमा लगाइने हुँदा गराकान्ला।कन्टुर तरीकाले रेखाङ्कन गरी बगैंचा लगाउन सजिलो र उपयुक्त हुन्छ ।

सुन्तलाका बिरुवाहरु कति दुरीमा लगाउनु उपयुक्त हुन्छ ?

स्थानीय जातका बिरुवाहरु ६ X ६ मीटर दुरीमा लगाउनु पर्दछ तर हाईब्रीड जातका पुड्का बोट हुने खालका जातको बगैंचा लगाउदा भने ४ X ४ मीटर दुरीमा लगाउनु पर्दछ ।

सुन्तलाका बिरुवा कति उमेर र उचाईका हुनु पर्दछ ?

साधारणतः बिरुवाहरु १–१.५ वर्ष र १.५ फीट देखि २ फीटसम्मका बिरुवा भएमा रोप्न पनि सजिलो हुन्छ र बिरुवा मर्ने प्रतिशत पनि कम हुन्छ ।

बिरुवा लगाउने खाडल कति गहिरो खन्नु पर्ला ?

बिरुवा लगाउने ठाउँमा ढुङ्गा–गेग्रान भेटिने सम्भावना धेरै हुन्छ । अतः बिरुवाका कलिला जराहरु सजिलै फैलिन सकुन भन्ने उद्देश्यले १ घन मिटरको खाडल खन्नु उचित हुन्छ ।

सुन्तलाका बिरुवा रोप्दा प्लान्टिङ्ग बोर्ड÷बिरुवा रोप्ने फल्याकको आवश्यकता हुन्छ ?

निश्चयनै बिरुवा रोप्ने खाडल खन्दा र बिरुवा रोप्ने बेलामा यसको बिरुवाहरु समदुरीमा परुन भन्नका लागि बिरुवा रोप्ने फल्याकको आवश्यकता पर्दछ ।

बिरुवा रोपी सकेपछि टेका दिन जरुरी हुन्छ ?

बिरुवा रोपि सकेपछि काठ वा बाँसको सानो तर बिरुवा भन्दा अलिक अग्लो टेका गाडेर डोरीले बाँधि दिनु पर्दछ जस्ले गर्दा हावाहुरी चल्दा बिरुवालाई हल्लाउन सक्दैन र बिरुवा मर्ने सम्भावना घटेर  जान्छ ।

बिरुवा लगाउनासाथ पानी दिन।सिंचाई गर्न जरुरी छ ?

नयाँ खाडलमा बिरुवा लगाउदा माटो राम्रोसंग बसेको हुदैन, हावाको मात्रा बढी हुन्छ, भरखरै रोपेका बिरुवालाई स्थापित हुन गाह्रो हुने हुँदा बिरुवा रोपेको ठाउँमा खुटृाले राम्ररी थिची भिज्नेगरी सिंचाई दिनु पर्दछ ।

बगैंचामा लगाईएका बिरुवालाई मल्चिङ्ग/छापो दिन किन जरुरी हुन्छ ?

बिरुवाको वरीपरी चिस्यान कायम रहोस र छिट्टै झारपात नपलाओस भन्ने हेतुले बिरुवाको वरीपरी मूल काण्डलाई नछुने गरी सुकेको झारपात परालले छापो दिनु फायदाजनक हुन्छ ।

सुन्तलाको बिरुवाबाट सकर/चोर हाँगा हटाउने भनेको के हो ?

कलमी गरिएका रुटस्टकबाट ४–५ वर्षसम्म सकरहरु पलाई रहन्छन् । यी सकरहरुले सायनले भन्दा बढी खाद्यतत्व लिने भएकोले बृद्धि पनि छिटो हुन्छ । सायनबाट पलाएका हाँगाहरु विस्तारै बढ्छन् र प्रतिस्पर्धा गर्न सक्दैनन् र मर्ने सम्भावना बढेर जान्छ । अतः रुटस्टकबाट आउने सकरहरु तुरुन्तै हटाउनु पर्दछ ।

सुन्तलाका बोटलाई तालिम र काँटछाँटको जरुरी हुन्छ ?

सुन्तलाको बोटलाई धेरै अग्लो र फैलनबाट रोक्न गुणस्तरीय फल उत्पादन गर्न र बिरुवालाई लामो समयसम्म स्वास्थ्य राख्न तालिम र काँटछाँट गर्न जरुरी हुन्छ ।

सुन्तलाको बोटलाई कसरी तालिम र काँटछाँट गरिन्छ ?

सुन्तलामा काँटछाँट गर्दा मूल हाँगामा तीनवटा शाखा हाँगाहरु राखी बिरुवाको कलिलो अवस्था देखिनै तालिम दिनु पर्दछ । प्रत्येक मूल हाँगाबाट आएका सहायक हाँगाहरु एक आपसमा नजोडिने र नखप्टिने गरी दुई।दुईवटा हाँगा वढाउनु पर्दछ । यसरी तालिम दिदै जाँदा बिरुवाको सबै भागमा सूर्यको प्रकाश पुग्ने अवस्था हुन्छ र बगैंचाको ब्यवस्थापनमा पनि सजिलो हुन्छ ।

सुन्तलाको काँटछाँट कुन समय गर्नु उपयुक्त हुन्छ ?

पतझड फलफूल जस्तो सुन्तलामा सुशुप्त अवस्था नहुने भएतापनि साधारणतया फल टिपेपछि पुष–माघमा बृद्धि विकास कम हुने हुँदा यसै समयमा काँटछाँट गर्नु उपयुक्त हुन्छ । अनावश्यक रुपमा आएका वाक्ला हाँगा र सकरहरु भने वर्षभरीनै हटाउन सकिन्छ ।

सुन्तलाका फलहरु कुन–कुन अवस्थामा झर्दछन् ?

सुन्तलामा फल लागि सकेपछि फलको कोपिला अवस्था, केराउ दाना अवस्था, गुच्छा आकार अवस्था, कुखुराको अण्डा आकार अवस्था, फल परिपक्क अवस्था र फल पाकेको अवस्थामा फलहरु झर्दछ । यसरी फल झर्ने समय अवधि र कारणहरु अलग–अलग्गै हुन्छन् ।

फलको कोपिला अवस्था कुन समयमा हुन्छ र के कारणले फलहरु झर्दछन् ?

प्रायः जातहरुमा चैत्रको अन्तिम हप्ता देखि वैशाखको दोस्रो हप्तासम्ममा फलको कोपिला अवस्था हुन्छ र यस अवस्थामा धेरै वाक्लो लागेका कोपिला र परागसेचन नभएका फलका चिचिलाहरु झर्दछन् । यसलाई प्राकृतिक कारण मानिन्छ ।

केराउ दाना अवस्था कुन समयमा आउछ र के कारणले फलहरु झर्दछन् ?

वैशाखको तेस्रो हप्ता देखि जेष्ठको तेस्रो हप्तासम्म केराउ दाना अवस्था आउछ । यस अवधिमा सुख्खा बढी हुनाले माटोमा चिस्यान कम हुँदा बोटले सबै फल धान्न सक्दैन तसर्थ फलको भेट्नोमा एसीसियन तह बनेर फलहरु झर्दछन् । यसरी अन्य अवस्थाहरुमा पनि पतेरो कीरा, फल कुहाउने औसा, बेसमयमा हुने वर्षाका कारणले गर्दा फलहरु झर्दछन् ।

बगैंचाको सरसफाई गर्दा कुन–कुन काममा विशेष ध्यान पुर्यानउनु पर्दछ ?

बगैंचा सरसफाईमा झारपात हटाउने, गोडमेल गर्ने, झरेको फल जम्मा गरी माटोमा पुर्ने, बोटमा पलाएका ऐजेरु, झ्याउ हटाउने, बोटको अवस्था ठीक छ छैन निरीक्षण गरी उपचार गर्ने, बोटको फेदमा बोर्डोपेष्ट लगाउने जस्ता कामहरु गर्नु पर्दछ जस्ले गर्दा बगैंचा लामो अवधिसम्म स्वास्थ्य रहन सक्दछ ।

सुन्तलाको बिरुवामा कति मात्रामा मलखाद दिनु पर्दछ ?

बोट बिरुवाको उमेर अनुसारको मलखादको मात्रा फरक पर्दछ र वर्ष अनुसारको मात्रा सिफारीश गरिएको हुन्छ तर यहाँ नफलेको २ वर्षको बिरुवाको लागि गोबर मल २० के.जी., नाईट्रोजन १०० ग्राम, फस्फोरस ५० ग्राम, पोटास ७० ग्राम र फलेको १० वर्षको बिरुवालाई गोबर मल १०० के.जी., नाईट्रोजन ५०० ग्राम, फस्फोरस २५० ग्राम र पोटास ३५० ग्रामले बिरुवाको आवश्यकतालाई प्रतिनिधित्व गर्दछ । यस बाहेक गुणस्तरीय र बढी उत्पादन लिनको लागि सूक्ष्म तत्व र हर्मोनहरुको पनि आवश्यकता पर्दछ ।

सुन्तलाको बिरुवालाई कुन अवस्थामा सिंचाईको बढी आवश्यकता पर्दछ ?

सुन्तला बिरुवा लगाएर राम्ररी स्थापित नहुन्जेल, पालुवा आउने बेला, फूल फुल्ने बेला, फल लाग्ने र फलको बृद्धि बिकास भई रहेको बेला सिंचाईको महत्व बढी रहन्छ ।

सुन्तला बिरुवामा कस्ता–कस्ता कीराहरुले आक्रमण गर्दछन् ?

सुन्तला बिरुवामा लाग्ने कीराहरुमा फल कुहाउने औंसा, कत्ले कीरा, लिफ माइनर, हरियो पतेरो, गबारो, लाही, सेतो झिङ्गा, थ्रिप्स, सिट्रस सिल्ला आदि हुन । यी किराहरु मध्ये कत्ले कीरा, फल कुहाउने औंसा र सिट्रस सिल्लाले बढी नोक्सानी पुर्‍याएको पाईन्छ ।

कत्ले कीराले बिरुवालाई कसरी नोक्सानी पुर्यााउँछ?

यी कीराहरुले बोटको पात हाँगा, मुना र फूललाई चुसी नोक्सानी पुर्‍याउँदछन् । मसिना, गोला तथा चेप्टा खैरा रंगका मैनजन्य ढकनीले ढाकिएर रहने यिनीहरुले समूहमा रही बोटको सबै भागमा आक्रमण गर्दछन् ।

कत्ले कीराको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

कीरा लागेको पात तथा फल झरेपछि जम्मा गरी जलाई दिने कीराले ग्रस्त भएका हाँगाहरु काटि हटाई दिने, कृषि सर्भो वा एत्सो  (ATSO) जस्ता खनिज तेल १० एम.एल. प्रति लिटर पानीमा मिसाएर छर्ने ।

फल कुहाउने औंसाले कसरी नोकसानी पुर्याउँछ ?

यी कीराको पोथी झिङ्गाले फलफूलको बोक्रा छेडेर भित्रपटृी फूल पार्दछन् । यी फूलहरु पछि गएर औंसा बनी फलको गुदी खान थाल्दछन् फलस्वरुप फल कुहिएर झर्दछन् । कीरा लागेका फलहरु बाहिरबाट हेर्दा सद्धे देखिन्छन् ।

फल कुहाउने औंसालाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

औंसा लागी झरेका फलहरु औंसा माटोमा प्रवेश गर्नु अगावै फल जम्मा गरी खाडलमा पुर्नु पर्दछ । बगैंचामा झरेका फलहरु प्लाष्टिकमा पोको पारेर जलाई दिने वा तातो पानीमा डुवाएर मार्नु पर्दछ । भाले झिङ्गालाई आकर्षित गर्ने फेरोमेन ट्रयापको प्रयोग गर्न पर्दछ । रासायनिक विषादी त्यति प्रभावकारी हुदैन तैपनि माउ झिङ्गा नबसोस भन्नका लागि बेला बेलामा मेटासिष्टक्स जस्ता विषादीहरु १–२ मि.लि./लिटर पानीमा मिसाई छर्न सकिन्छ ।

सिट्रस सिल्ला कीराले कसरी नोक्सानी पुर्याएउँदछ ?

यो कीरा शरीरमा सेता थोप्ला र पारदर्शी पखेटाम भएको आँखाले देख्न कठिन पर्ने अति सानो खैरो रंगको कीरा हो । यसले गर्मी शुरु भएपछि सकृय भई नयाँ पालुवामा रस चुसी विषालु पदार्थ छोड्ने हुँदा पातहरु गुजुमुज्ज भई क्षति पुग्दछ । यसले रस चुस्ने क्रममा ग्रिनिङ्ग रोगका शुक्राणु ब्याक्टेरिया स्वास्थ्य बोटमा सार्दछन् र रोग प्रकोप बृद्धि भई दिन्छन् ।

सिट्रस सिल्लाको नियन्त्रण कसरी गर्न सकिन्छ ?

यसको नियन्त्रण गर्न यसलाई आश्रय दिने कामिनी, कडीपात तथा अन्य सुन्तला जातको बिरुवाहरु बगैंचाबाट हटाउनु पर्दछ । रासायनिक विषादि इमिडाक्लोरोपिड १ एम.एल. प्रति लिटर पानीमा वा डायमिथोयट १.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर छनु पर्दछ ।

सुन्तलामा ह्रास रोग/सिट्रस डिक्लाईन रोग भनेर नीकै चर्चा गरिन्छ वास्तवमा यो रोग कसरी लाग्दछ ?

सुन्तला ह्रास हुनुमा कुनै एक कारण मात्र नभएर रोग–कीरा देखी माटोको अवस्था, सिंचाई, बगैंचा ब्यवस्थापन र जातीय विशेषता जस्ता धेरै कारणहरु हुन्छन् । यस्तो अवस्थामा विरुवाहरु सुक्दै जाने र उत्पादनमा नीकै ह्रास आउदछ ।

सुन्तलामा लाग्ने यस्तो बिनासकारी रोगबाट कसरी बिरुवालाई बचाउन सकिन्छ ?

यस रोगबाट बच्नको लागि एउटा मात्र विधि वा तरीका कामयावी हुन सक्दैन । यसको लागि एकीकृत रुपमै व्यवस्थापन विधि अपनाउनु पर्दछ । जस्तैकि माटो र मलखादको उचित व्यवस्थापन गर्ने, स्वस्थ्य बिरुवाको उत्पादन र वितरण गर्ने, समयमै गोडमेल गरी सिंचाई गर्ने, बिरुवाको काँटछाँट गर्ने र विभिन्न रोग कीराहरुको बेलैमा उपचार बेलैमा व्यवस्थापन गर्नु पर्दछ ।

सुन्तलाका फलहरु टिपे पश्चात नोक्सानी बढी नै नोक्सानी हुन्छन् ?

सुन्तलाका फलहरु कमला हुने भएकोले टिपाई, प्याकेजिङ्ग र ढुवानीको समयमा चोटपटक लागि बढी नोक्सानी हुन्छन् । औसतमा टिपाई पछि २०–२५ प्रतिशत फलहरु नोक्सान हुन्छन् ।

Oranges

सुन्तलाका फलहरु कस्तो अवस्थामा टिप्नु उपयुक्त हुन्छ ?

लामो समय भण्डारण गर्न, गुणस्तरीय फल लिन र बजार भाऊ राम्रो पाउन फलहरु पूर्ण रुपमा परिपक्व भएपछि टिप्नु पर्दछ किनकी फल टिपी सकेपछि फलको गुणस्तरमा सुधार आउदैन । कम्तिमा ८% गुलियो पदार्थ र ०.८–१.० % अभिलोपन पसि सकेपछि फल टिप्नु पर्दछ ।

सुन्तलाका फलहरु ग्रेडिङ्ग गर्न जरुरी हुन्छ ?

एकनासका फलहरु एक ठाउँमा राख्दा भण्डारण गर्न, ढुवानी गर्न र बेचबिखन गर्न पनि सजिलो हुने हुदा गे्रडिङ्ग गर्नु नितान्त जरुरी हुन्छ । चोट लागेका, रोग कीरा लागेका र कलिाला फलहरु तुरुन्त हटाउनु पर्दछ । सुन्तलालाई साईजको आधारमा ए.बि. र सी गे्रडमा छुट्याउने प्रचलन छ ।

सुन्तला फललाई भण्डारण गर्ने प्रविधि के छ ?

सुन्तला फललाई बिजुली भएको र शीतभण्डार घर उपलब्ध भएको ठाउँमा शीतभण्डारमा र बिजुलीको सुविधा नभएको र उत्पादन स्थलमा सेलार स्टोरमा भण्डारण गरिन्छ ।

शीतभण्डारमा कति समयसम्म फल भण्डारण गर्न सकिन्छ ?

शीतभण्डारण लामो समयसम्म भण्डारण गर्ने व्यवसायिक प्रविधि हो । यसमा फललाई ६० से. तापक्रम र ९०–९५% सापेक्षित आद्र्रतामा ८–१० हप्तासम्म सुरक्षित राख्न सकिन्छ ।

सुन्तलामा कस्ता–कस्ता रोगहरुको प्रकोप पाईन्छ ?

सुन्तलामा लाग्ने रोगहरुमा जरा कुहिने, फेद कुहिने, खराने, कालो ध्वाँसे, सिट्रस ग्रिनीङ्ग, क्याङ्कर/खटिरे जस्ता रोगहरु लाग्दछन् । यिनीहरु मध्ये जरा कुहिने र ग्रिनिङ्ग रोगले सबै भन्दा बढी नोक्सानी गरेको हुन्छ ।

सुन्तलाको ग्रिनिङ्ग रोग कसरी लाग्दछ ?

सुन्तला खेतीमा देखा परेको सुन्तलाको ग्रिनिङ्ग (ह्रास रोग) एक प्रकारको शकाणु।व्याक्टेरियाबाट लाग्दछ र यसलाई सिट्रस सिल्लाले फैलाउने काम गर्दछ । यो रोग खासगरी रोग ग्रस्त क्षेत्रमा उत्पादीत बिरुवाबाट नयाँ स्थानहरुमा फैलन्छ ।

यो रोग लाग्न नदिन के कस्ता उपायहरु अवलम्बन गर्नु पर्दछ ?

यस्तो रोगबाट बच्न नर्सरी बिरुवा उत्पादन गर्दा १२०० मिटर उचाई भन्ज्दा माथिको स्थानमा गर्ने, बगैंचामा सिट्रस सिल्ला कीराको पूर्णरुपमा नियन्त्रण गर्ने, रोगलाई बढी क्षेत्रमा फैलन नदिन रोगका लक्षण देखिने बित्तिकै रोगी बोटलाई तुरुन्त हटाउने जस्ता कार्य तदारुकताका साथ गर्नु पर्दछ ।

जरा तथा फेद कुहिने रोग कसरी लाग्दछ ?

यो ढुसीको कारणले लाग्ने रोग हो । बगैंचामा पानी जम्ने र उच्च तापक्रम भएमा रोग बृद्धिको लागि अनुकूल वातावरण हुने भएकोले मनसून शुरु भएपछि यसको विकास तीब्र गतिमा हुन्छ । रोगको प्रकोप बढी भएपछि पात पहेंलिने, झर्ने र अन्तमा हाँगा हुदै पुरै बोट मर्दछ ।

यस रोगको रोकथाम कसरी गर्न सकिन्छ ?

यस रोगको व्यवस्थापन गर्न तीनपाते र सिटे«न्ज प्रजातिका रुटस्टकमा कलमी गरेको बिरुवा मात्र लगाउने, खनजोत गर्दा जरामा चोट–पटक लाग्न नदिने, रोग ग्रस्त बोटमा तीनपाते सुन्तलाको रुटस्टक फेदमा सारी एप्रोच ग्राफ्टीङ्ग गरीदिने रोग लागेको बिरुवालाई १% बोर्डोमिक्स्चरले जरामा पुग्ने गरी ड्रेन्च गर्ने जस्ता कार्य गरी रोगबाट बच्न सकिन्छ ।

सुन्तलामा लाग्ने धेरै रोगहरुको बिरुद्धमा प्रयोग गर्न सकिने कुनै त्यस्तो विषादी छ ?

हो, निलोतथो, चुना र पानीको मिश्रणबाट तयार गरिएको बोडोमिक्स्चर, बोर्डोपेष्ट र बोर्डो पेन्ट आदि रोगनाशक विषादिहरु बेला–बेलामा प्रयोग गर्दा सुन्तलामा देखा पर्ने अधिकांश रोगहरुबाट बिरुवालाई बचाउन सकिन्छ ।