२० बैशाख २०८१, बिहिबार

दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने


राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र

काठमाडौँ । नेपालमा दोस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको छ । देशभर आगामी माघ १ देखि ७ गतेसम्म विभिन्न कार्याक्रम गरी राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाइने भएको हो ।

‘कृषि जैविक विविधता, हाम्रो अमुल्य सम्पदा संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका कृषि जैविक विविधता सप्ताह मनाइने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) ले जनाएको छ । जलिय, पशुपन्छी, घाँसे बाली, कृषि–किरा, कृषि शुक्ष्म जीवाणु र परम्परागत ज्ञानको विषयमा एक साता छलफल र विभिन्न कार्याक्रम गरि मनाइने जीन बैंकका प्रमुख डा. बालकृष्ण जोशीले बताए ।

नेपालमा कृषि जन्य जम्मा प्रजाति ६ हजार ६ सय १८ रहेको जाशीले बताए । उनका अनुसार देशभर पशुपन्छी, माछा, घाँसबाली, खाद्यन्न बाली लगायतका जम्मा जात एक लाखको हाराहारीमा छन् ।

खाद्य, पोषण, स्वस्थ, व्यावसाय र वातावरणको लागि कृषि जैविक विविधता आवश्यक भएकाले २०७९ सालबाट नेपालमा प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !