९ चैत्र २०८२, सोमबार

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ, ८२ लाख झिकेर मिटरब्याजमा


कृष्णप्रसाद जैशी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीमा जाहेरी दिने मुख्य जाहेरीकर्ता कृष्ण जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । जैशीले आफूलाई सहकारी पीडितको रूपमा चिनाउँदै आएका थिए ।

सूर्यदर्शन सहकारीका पीडितको कार्यक्रममा समेत उनी उपस्थित हुने गरेका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो । कास्की प्रहरी स्रोतका अनुसार जैसी प्रहरीको नियन्त्रणमा छन् भने अन्यको पनि खोजी कार्य भइरहेको छ ।

प्रहरीका अनुसार उनलाई पोखराकै धनुस बचत तथा ऋण सहकारी संस्थाबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको प्रकरणमा पक्राउ गरिएको हो । जैसीमाथि सहकारीको ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।

सहकारी ठगीमा संलग्न जैशीले क्रमिक रुपमा साना सहकारीमा मिटर ब्याजमा लगानी गरी रकम असुल्ने र फर्जी बचत बनाई रकम निकासी गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !