फाइल फोटो
चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेको छ । उनी रास्वपाका पार्टी सभापति समेत हुन् ।
निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमूना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ, यातायात तथा इन्धन खर्च दुई लाख ९५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण खाजा खर्च १४ हजार २०० रुपैयाँ, वडास्तरीय प्रचारप्रसार ४६ हजार रुपैयाँ, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद एक लाख १२ हजार रुपैयाँ भएको जनाइएको छ ।
यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद ५५ हजार रुपैयाँ, खाद्यान्न तथा रासन खरिद एक लाख ९६ हजार रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्ठी भेलामा एक लाख ८० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गरेको हो ।












