३० चैत्र २०८२, सोमबार

नेपालमा रहेका आफ्ना नागरिकलाई बेलायतले चाडै फिर्ता लैजाने


बेलायत

१८ चैत, काठमाडौं । कोरोना भाइरसले गर्दा विश्व नै तरंगित भइरहेको समयमा बेलायत सरकारले संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ ।

यात्रु स्वयंले टिकट काट्ने गरी वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । काठमाडौं बाहिर रहेका बेलायतीलाई काठमाडौंमा सुरक्षित राख्ने व्यवस्था भएको र आफूले नेपाल सरकार तथा बेलायत सरकारसँग नजिकमा रहेर काम गरिरहेको उनले उल्लेख गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !